Breaking News
Sunday, 30 Jul, 2023
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटावार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले शनिबार नै ओलीलाई फोन गरेका थिए। प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली आज बालुवाटार पुगेका थिए।







