Breaking News
Thursday, 20 Jul, 2023
विमानस्थलबाट बरामद् भएको सुनमा मेरो संलग्नता छैन-दीपक मल्होत्रा
व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद् भएको सुन आफूले नल्याएको बताएका छन्।बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्।
मंगलबार बरामद् भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन्।
‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उनले भने ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु,।







