प्रमुख समाचार
Wednesday, 19 Jul, 2023
प्रधानमन्त्री प्रचण्डले गरे बूढीगण्डकी आयोजनाको फिल्ड कार्यालय उद्घाटन
गोरखा । गोरखा जिल्लामा बन्ने १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन भएको छ ।आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्लाको सिरुङ्टारमा स्थानीय कार्यालय उद्घाटन गरेका हुन् ।

सरकारले आयोजनालाई अगाडि बढाउन भन्दै यही साता काठमाडौँमा केन्द्रीय कार्यालय स्थापना गरिसकेको छ । यससँगै बहुचर्चित यो आयोजनाको निर्माण सुरु हुने अपेक्षा बढेको छ ।








