Breaking News
Wednesday, 19 Jul, 2023
भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर
काठमाडौं । भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको टोली काठमाडौंको अनामनगरस्थित देवीनगर पुगेको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरे सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन खाली गराउन नगर प्रहरी परिचालन गरेको हो ।सडकभन्दा भित्री भागमा रहेका भवन पनि महानगरको टोलीले खाली गराउने काम गरिरहेको छ । भद्रकुमारी घले सेवा सदन सार्वजनिक जग्गामा निर्माण भएको भन्दै महानगरले तीन दिनअघि नै उक्त भवन खाली गराउन निर्देशन दिएको थयो ।
सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ ।







