प्रमुख समाचार
Wednesday, 19 Jul, 2023
शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ
सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त गौशाला लगिएको बताए ।
सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो । कालो टेपले बेरेको र तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो । तर उक्त बस्तु बम नभइ डर पैदा गर्न मात्र राखिएको पाइएको छ ।

नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । शंकास्पद वस्तुसँगै नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चासमेत भेटिएको छ ।







