Breaking News
Wednesday, 5 Jul, 2023
एमाले माग्यो संसदमा प्रधानमन्त्री प्रचण्डको राजीनामा
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाए ।
‘प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो बैठक अघि बढ्न सक्दैन,’ सांसद पन्तले भने।प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उनले बताए ।
प्रतिपक्षी दल राप्रपाले पनि प्रतिनिधि सभा बैठकमा विरोध गरेको छ।







