Breaking News
Friday, 30 Jun, 2023
चितवन पुगेर धान रोप्दै एमाले अध्यक्ष ओली
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा धान रोपेका छन् । आज परेको राष्ट्रिय धान दिवस मनाउन उनी पत्नी राधिकासहित बिहिबारै चितवन पुगेका हुन्।
पत्नी राधिकालाइ सँगै राखेर उनले हिलोमा छुपु छुपु धान रोपे। नेपाली ह्याट (छत्री)मा ठाँटिएर धान रोप्न गएका ओलीलाई पछाडिबाट उनका अंगरक्षकले समातेर सहयोग गरिरहेका थिए। उनले मेसिनबाट समेत धान रोपे।

भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीको ३ विघा जग्गामा धान रोपाइँ भएको छ । बोरिङ्गबाट तानिएको पानीले खेत हिलो बनाइएको थियो ।








