प्रमुख समाचार
Sunday, 4 Jun, 2023
नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेमकिपाको प्रदर्शन
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेपाल मजदुर किसान पार्टी प्रदर्शन गरेको छ ।
नेमकिपाले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक राष्ट्रघाती आरोप लगाउँदै आज बिहान नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो । (नेमकिपा)ले प्रमाणीकरण गरिएको विधेयक खारेज गर्नुपर्ने, एसपीपी सम्झौता खारेज गर्नुपर्ने, नेपाली भूमि मिचिएको भारतीय नक्सा खारेज गर्नुपर्ने मागसमेत गरेको छ ।







