Breaking News
Sunday, 28 May, 2023
कीर्तिमानी सगरमाथा आरोही हरिलाई ओलीले गरे सम्मान
नेकपा एमालेले सगरमाथा आरोही हरिबहादुर बुढा मगरलाई सम्मान गरेको छ।एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित कार्यक्रममा बुढा मगरलाई सम्मान गरेका हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बुढा मगरले गरेको सगरमाथाको सफल आरोहणले अपांगता भएका व्यक्तिहरूलाई मात्र नभएर सबै नेपाली र विश्वका लागि नै प्रेरणादायी रहेको बताए।
भूतपूर्व गोरखा सैनिक मगरले कृतिम खुट्टाको सहायताले गत जेठ ५ गते सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गरेका थिए।









