Breaking News
Thursday, 25 May, 2023
जेठ १७ गतेदेखि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गर्ने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् ।पराराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने छन्।
‘भ्रमणको मिति नै तयचाहिँ भइसकेको छैन। प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो परराष्ट्र मन्त्रालयले नै मिलाउने हुँदा मिति पनि उसैले तय गर्ने कुरा हो,’ प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।
प्रधानमन्त्री प्रचण्डले गत वैशाखमै भारत भ्रमणको तयारी गरेका थिए । तर नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण उनले भ्रमणको मिति पछि सारेका थिए ।







