प्रमुख समाचार
Tuesday, 23 May, 2023
प्रधानमन्त्री प्रचण्डले दिए मन्त्रिपरिषदलाई पूर्णता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।
मंगलबार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका छन् । जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् ।
योसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको ६ महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।







