प्रमुख समाचार
Friday, 12 May, 2023
मोरङको राठी उद्योगमा आगलागी
विराटनगर । मोरङको बूढीगंगास्थित राठी इन्डष्ट्रिजमा आगलागी भएको छ ।
जिल्लाको बुडीगङ्गा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गर्दै आएको राठी उद्योगमा गएराती २ बजेदेखि आगलागी भएको मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। आगलागी अहिलेसम्म पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन।
यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ ।







