Breaking News
Monday, 1 May, 2023
रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय
सरकारमा जाने कि नजाने भन्ने विषय शुक्रबार मात्रै निर्णय लिने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको हो ।
सो निर्णयलाई आजै बस्ने संसदीय दलको नेताले अनुमोदन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
यसैगरी (रास्वपा) ले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार मात्रै निर्णय लिने भएको छ।सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ-आफ्ना धारणा राखेका थिए।
महामन्त्री डा. मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने पत्रकारहरूलाई बताए।







