प्रमुख समाचार
Friday, 28 Apr, 2023
राष्ट्रपतिको वैदेशिक उपचार यात्रा अस्वभाविक : लिङ्देन
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति उपचारका लागि विदेश जानु अस्वभाविक भएको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत गएको विषयमा प्रश्न उठाएका हुन् ।
अहिले राजश्वले चालु खर्च समेत धान्न नसकेको भन्दै उनले भने, ‘यस्तो बेला राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशिक उपचार यात्रा र अयोग्य लडाकूलाई रकम वितरण सत्ता दुरुपयोगको चरम नमुना हो ।’







