Exclusive News
Friday, 31 Mar, 2023
सम्मानजनक सहभागिता नगराए शेखर समूह सरकारबाहिरै बस्ने
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्ष सरकारमा सम्मानजनक सहभागिता नगराउने हो भने सरकारमा सहभागिता नजनाउने पक्षमा उभिएका छन्।
शुक्रबार बिहान बसेको डा. शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको छ ।हामीले सम्मानजनक सहभागिता हुनुपर्छ भनेर भनेका छौं,’ सहमहामन्त्री परियारले भने, ‘सम्मानजनक सहभागिता हुँदैन भने सरकारबाहिरै बस्ने हो।’
सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।







