Breaking News
Monday, 27 Mar, 2023
प्रचण्ड, देउवा र नेपालबीच बालुवाटारमा भेटवार्ता
काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको हो ।
प्रधानमन्त्री प्रचण्डले मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको सन्दर्भमा सोअघि दलहरुबीच छलफल भएको हो ।








