प्रमुख समाचार
Sunday, 26 Mar, 2023
मन्त्री सांसदको तलब कटौती गरेर भएपनि खेलाडीको तलब वृद्धि गरियोस्ः ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपाली राष्ट्रिय खेलाडीहरूले मन्त्री र सांसदका स्वकीयहरूले भन्दा कम तलबमा खेलिरहेको बताएका छन्।
राप्रपा संसदीय दलको सचेतकसमेत रहेका शाहीले खेलले नेपाललाई विश्वमा चिनाएपनि खेलाडीहरूका लागि सरकारले पर्याप्त बजेट नछुट्याउँदा खेलाडीहरू पलायन भइरहेको बताए। राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका सुजल श्रेष्ठ अष्ट्रेृलिया पलायन भएको विषय उठाउँदै शाहीले खेलाडीको तलब वृद्धि गर्न सरकारसँग माग गरेका छन्।
‘हामी सबै सांसदहरुको स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीहरुको तलबमा बृद्धि गरियोस्,’ उनले भने, ‘रंगशाला बनाइयोस् र बजेट अगाडि बढाइयोस्।’







