Breaking News
Sunday, 26 Mar, 2023
नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन् । आइतबार उनलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
चैत ६ मा मन्त्रिपरिषद्ले कुँवर सहित ५ जना अधिकृतहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । चैत १० मा कुँवरलाई अन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरेको थियो ।







