प्रमुख समाचार
Friday, 24 Mar, 2023
कोशी प्रदेश आन्दोलनमा घाइते भएका एक जनाको मृत्यु
कोशी प्रदेशको नाम खारेजी गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला प्रहरीको लाठीबाट घाइते भएका एक आन्दोलनकारीको उपचारका क्रममा मृत्यु भएको छ।
यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो ।प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गरी लिम्बुको मृत्यु भएको जनाएको छ।
लिम्बुलाई हेलिकप्टर चार्टर्ड गरी मेडिसिटी अस्पताल लैजाने तयारी भइरहेका बेला मृत्यु भएको समितिले जनाएको छ। लिम्बू गत चैत ५ गते विराटनगरमा आयोजित विरोध प्रदर्शनको क्रममा प्रहरीबाट कुटिएका थिए।







