प्रमुख समाचार
Tuesday, 21 Mar, 2023
प्रधानमन्त्री प्रचण्डले गरे पन्थहिटी-कटहरे-साहिलटार सडक शिलान्यास
गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा सडक शिलान्यास गरेका छन्।
गत मंसिर ४ मा आफू निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी-कटहरे-हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको प्रधानमन्त्रीले आज शिलान्यास गरेका हुन्।
कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत पनि उपस्थित थिए।








