Breaking News
Sunday, 12 Mar, 2023
विभाजित भयो माओवादी धार,तीन दलले बहिष्कार गरे पत्रकार सम्मेलन
माओवादी धार अलग भएका छन् । । माओवादी नौ धारको बैठकले संयुक्त अपिल तयार गर्न महरालाई जिम्मेवारी दिएतापनि प्रधानमन्त्री प्रचण्डले महराको नेतृत्वमा तयार भएको ड्राफ्टफेरेपछि तीन माओवादी धारले बहिष्कार गरेका हुन् ।
जसमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी छन् ।
यसैबिच माओवादी धारका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीले पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् ।








