प्रमुख समाचार
Thursday, 2 Feb, 2023
परराष्ट्रमन्त्री पौड्याल श्रीलंका जाँदै
परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज राजधानी कोलम्बो जाँदैछिन् ।श्रीलंकाको ७५औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंका भ्रमण जान लागेकी हुन्।
मन्त्री पौड्यालले शुक्रबार (माघ २० गते) श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । माघ २१ गते उनले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनी माघ २५ गते काठमाडौं फर्किने कार्यक्रम छ ।







