उद्योगी,व्यवसायीहरुका समस्या,चुनौती र राज्यको भूमिकाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न
१३ माघ, काठमाडौं ।उद्योगी,व्यवसायीहरुका समस्या चुनौती र राज्यको भूमिका भन्ने विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौँको चावहिलस्थित प्रेस्टिज मिडिया सेन्टर प्रा लि को सभाहलमा भएको उक्त कार्यक्रममा वक्ताहरुले राज्यको अस्पष्ट निती र राजनितिक अस्थिरताले उद्योगी,व्यवसायीहरु बढी मारमा परेको बताए।उद्योगी,व्यवसायीहरुले आफ्नो श्रमको समयमै भुक्तानी नपाईने भन्दै त्यसमा राज्यको भूमिका शुन्य रहेको जिकिर गरे।
कार्यक्रमको पहिलो चरण मानिसको जीवनमा भाषणकलाको महत्व भन्ने बिषयमा बोल्दै नव विध्यार्थीहरुले केवल राजनीति गर्ने व्यक्तिका लागि मात्र नभै आम मानिसको व्यक्तित्व बिकासका लागि भाषणकला अपरिहार्य कला रहेको जिकिर गरे।
कार्यक्रममा ‘Student of the Week’ बाबुकाजी कार्कीले प्रेम प्रसाद आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै प्रेम आचार्य जस्ता थुप्रै उद्योगी,व्यवसायीहरु भित्रभित्रै जलिरहेको भन्दै कर आतंक र बिचौलियाको बिगबिगी रोक्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा बोल्दै विशेष अतिथी निराजन पन्तले देशका नितिनिर्माता र राज्यका अगुवाहरु उद्योगी,व्यवसायीहरुका समस्या चुनौतीमा ध्यान दिनुको सट्टा राजनैतीक भागबण्डा र सस्तो लोकप्रियतामा सिमित रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी व्यावसायि गणेश बहादुर ढकालले कतिपय स्थानिय सरकारले पनि उद्योगी,व्यवसायीहरुलाई दु:ख दिने गरेको जिकिर गर्नुभयो। प्रेस्टिज मिडियाका संचालक तथा भाषणकला प्रशिक्षक अग्नि प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रम युवराज श्रेष्ठले सन्चालन गर्नुभएको थियो।








