Breaking News
Tuesday, 17 Jan, 2023
यती एयर विमान दुर्घटना : ४८ शव काठमाडौं ल्याइँदै
पोखरा विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइँदैछ । केहीबेरमा हेलिकप्टरबाट शव काठमाडौं ल्याउन लागिएको हो ।
पोखरामा सनाखत हुन नसकेका र विदेशी नागरिकका शव काठमाडौं प्रहरी प्रतिष्ठानमा ल्याउन लागिएको हो । सनाखत भएका २२ शव पोखराबाटै आफन्तको जिम्मा लगाइँदैछ भने ४८ शव काठमाडौं ल्याउन लागिएको हो ।







