Breaking News
Monday, 26 Dec, 2022
दौरा सुरूवालमा लिए प्रचण्डले प्रधानमन्त्री पदको शपथ
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति निवास शितल निवासमा सोमबार दिउँसो प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका हुन्।
उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।। राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । उनीहरुको प्रधानमन्त्री प्रचण्डलाई समर्थन रहेको छ ।







