Breaking News
Sunday, 25 Dec, 2022
नयाँ सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक
नयाँ सरकार गठन गर्ने सम्बन्धमा छलफल गर्न सत्ता गठनबन्धनका शीर्ष नेताको बैठक सुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सुरू भएको बैठकमा गठबन्धन दलका शीर्ष नेताहरूको उपस्थिति रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी छन्।







