प्रमुख समाचार
Tuesday, 20 Dec, 2022
कांग्रेस संसदीय दलको नेतामा देउवाले उम्मेदवारी दिने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । त्यसका लागि उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् ।
देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् । पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन् ।
यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार रहेका छन् ।







