Breaking News
Tuesday, 20 Dec, 2022
कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मंगलबार मनोनयन दर्ता हुँदैछ । मतदान भने बुधबार बिहान हुनेछ ।
दलको नेता चयन गर्न भोलि (बुधबार) हुने मतदानका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।मनोनयन दर्ताका लागि शुल्क ५१ हजार रूपैयाँ तोकिएको छ। संसदीय दलको चुनावका सबै कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुनेछ।
कांग्रेसमा संसदीय दल नेताका लागि सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र संस्थापनइतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने सम्भावना छ।







