मनोरञ्जन
Friday, 16 Dec, 2022
विक्की र श्रद्धाले गरे इन्गेजमेन्ट
टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाइबीच टीकाटालो (इन्गेजमेन्ट) भएको छ ।
विहिबार राजधानीमा आयोजित समारोहमा विक्की र श्रद्धाले इन्गेजमेन्ट गरेका हुन् । विक्की ‘कमेडी च्याम्पियन’का रनरअप हुन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी थिइन् ।







