Breaking News
Friday, 16 Dec, 2022
प्रधानमन्त्री देउवाले दिए रामचन्द्र पौडेललाई बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई दिएका छन्।जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट पौडेल बिहीबार विभूषित भएका थिए।
सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान वरिष्ठ नेता पौडेललाई बिहीबार जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो।नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि विभूषित गरिएको जनाइएको छ।
पौडेल विभूषित भएपछि आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा पुगेका थिए।







