प्रमुख समाचार
Thursday, 15 Dec, 2022
जापान सरकारले रामचन्द्र पौडेललाई विभूषण प्रदान गर्ने
जापान सरकारले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आज विभूषण प्रदान गर्ने भएको छ।पाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।
पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न लागेको छ। पौडेलको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको छ।
पौडेललाई सभामुख हुँदाका बेला गरेका काम र त्यसपछि जापान-नेपाल सम्बन्धका लागि यो विभूषण दिन लागिएको हो। पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए।







