प्रमुख समाचार
Tuesday, 6 Dec, 2022
कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप
कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोप लागेको छ।एक महिलाले न्यायाधीश गिरीले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडित महिलाले मंसिर पहिलो साता नै जाहेरी दिएको प्रहरीले जनाएको छ।
तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् ।
दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए । मानव अधिकार आयोगले त न्यायपरिषदलाई समेत उजुरी र पत्रको बोधार्थ पठाएको थियो ।







