प्रमुख समाचार
Friday, 21 Oct, 2022
शुक्रबारदेखि सत्ता गठबन्धनको सातै प्रदेशमा भेला
गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्न थालेको हो
काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनले शुक्रबारदेखि सातै प्रदेशमा चुनाव लक्षित भेला गर्ने भएको छ । गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने भएको हो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार शुक्रबार पोखरामा भेला सुरु भएको छ । आजै बुटवलमा २ बजे गठबन्धनको भेला हुनेछ ।५ कात्तिकमा गठबन्धनले विराटनगरमा भेला आयोजना गर्नेछ भने ५ गते नै गठबन्धनको भेला जनकपुरमा हुनेछ ।६ कात्तिकमा धनगढी र २ बजे सुर्खेतमा भेला गरिने गठबन्धनले जनाएको छ । यस्तै ७ कात्तिकमा काठमाडौंमा भेला आयोजना गरिनेछ ।







