प्रमुख समाचार Wednesday, 19 Oct, 2022
Prestige Media

राजनीतिक दललाई आयोगले दियो सातबुँदे निर्देशन

सरकारी स्रोत–साधन दुरुपयोग बढेपछि आयोगले निर्देशन जारी गरेको हो।

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आचारसंहिता कार्यान्वयनका लागि ७ बुँदे निर्देशन दिएको छ । सरकारी स्रोत–साधन दुरुपयोग बढेपछि आयोगले निर्देशन जारी गरेको हो ।आयोगले सरकारका मन्त्रीलाई आफ्नो क्षेत्रमा अनुमतिबिना र अरु क्षेत्रमा अनुमति लिएर मात्रै प्रचारप्रसार गर्न निर्देशन दिएको छ ।

‘आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार–प्रसार गर्नबाहेक आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचार–प्रसार गर्न नपाइने, प्रचार–प्रसार गर्दा सरकारी स्रोत–साधन प्रयोग गर्न पाइने छैन,’ निर्देशनमा भनिएको छ ।आयोगले प्रचार–प्रसार गर्दा सरकारी साधन स्रोत तथा जनशक्तिको उपयोग नगर्न निर्देश गरेको हो । सरकारी कामको सिलसिलामा यात्रा गर्दाबाहेक निर्वाचन प्रचार–प्रसारका लागि आफ्नो निर्वाचन क्षेत्रतर्फ जाँदासमेत सरकारी साधन–स्रोत उपयोग नगर्न पनि आयोगले दलहरुलाई निर्देशन दिएको छ ।

स्थानीय तह कार्यकापालिकाका सदस्यलाई पनि अर्को स्थानीय तह निर्वाचनमा जाँदा अनिवार्य आयोगको अनुमति लिनुपर्नेछ। अन्य स्थानीय तहमा निर्वाचन प्रचारप्रसार गर्दा तथा प्रचारप्रसारका लागि जाँदा वा आउँदासमेत सरकारी साधन–स्रोत तथा जनशक्ति उपयोग गर्न पाइने छैन ।
मतदान हुने १७ सत्र दिनअघिदेखि आमसभा गर्न दलहरुलाई छुट दिइएको छ । जुलुस र कोणसभा पनि मतदाको १७ दिन अघिदेखि मात्रै गर्न पाइनेछ। जुलुस, आमसभा, कोणसभा गर्न वा सञ्चार माध्यममा कुनै प्रकारको प्रचार–प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था छ ।
निर्वाचन प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २७ भन्दा बढीको जुलुस लिएर नजान आयोगले निर्देशन दिएको हो। बाजागाजा तथा झाँकीसहित जान नहुनेसमेतको व्यवस्था भएकाले सबै राजनीतिक दलले सो व्यवस्थाको पालना गर्ने तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले त्यस्तो कार्यक्रममा सरकारी साधन–स्रोत तथा जनशक्तिको उपयोग गर्न नपाइने आयोगले स्पष्ट पारेको छ ।

प्रचारका लागि आयोगले अनुमति दिएको सवारी साधन मात्र प्रयोग गर्न पाइनेछ । सबै राजनीतिक दल तथा उम्मेदवारले आयोगले तोकेबमोजिम अनुमति लिएर मात्र निर्वाचन प्रसारप्रसारको लागि सवारी साधन प्रयोग गर्नुपर्ने आयोगले बताएको छ ।निर्वाचन प्रचारप्रसारको लागि अनुमति लिएका सवारी साधनबाहेक अन्य सवारी साधनमा दलको वा निर्वाचन चिन्ह अंकित झन्डा प्रयोग गर्न पाइने छैन ।

सार्वजनिक क्षेत्रमा दलको झन्डा र चिन्ह नराख्न पनि आयोगले दलहरुलाई निर्देशन दिएको छ । घरजग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकको पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुनेतर्फ आयोगले ध्यानाकर्षण गराएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरे जरिमाना हुने आयोगको चेतावनी छ । आचारसंहिताको व्यवस्थाको उल्लंघन भएमा प्रचलित कानुनबमोजिम जरिमाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्न र अरुलाई समेत पालना गर्न लगाउन आयोगको आग्रह छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL