Breaking News
Wednesday, 19 Oct, 2022
काठमाडौंमा भूकम्पको धक्का महसुस
बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले बताएको हो ।
काठमाडौं– नेपाल–तिब्बत सीमा कोदारी राजमार्गको भोटेकोसी गाउँपालिकालाई केन्द्र बनाएर बुधबार दिउँसो भूकम्प गएको छ । बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले बताएको हो ।
यसको केन्द्र सिन्धुपाल्चोकको तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा रहेको उनले बताए ।भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा महसुस भएको थियो ।







