Breaking News
Thursday, 13 Oct, 2022
भीम रावल एमालेमै रहने
रावलले आगामी चुनावमा पार्टीले टिकट नभिए पनि एमालेभित्रै रहेर लड्ने बताएका हुन्।
काठमाडौं– एमालेले आगामी ४ मंसिरको चुनावमा टिकट नदिएपछि रिसाएका नेता भीम रावलले पार्टी नछाड्ने बताएका छन् ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर रावलले एमालेभित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने बताएका हुन् ।
आफूले टिकट नपाए पनि ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा एमालेबाट टिकट पाएकालाई जिताउन सक्दो सहयोग गर्ने रावलको भनाइ छ ।







