प्रमुख समाचार
Thursday, 13 Oct, 2022
रञ्जु दर्शनाको चुनाव चिह्न सेलरोटी
केही वर्ष पहिले तिहारका बेला रञ्जुले सेलरोटी पकाएर बेच्ने काम गरेकी थिइन्।
काठमाडौं– काठमाडौं क्षेत्र–५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले सेलरोटी चुनाव चिन्ह पाएकी छन् ।
बुधबार निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारलाई चिन्ह वितरण गरेकामा रञ्जुले सेलरोटी चुनाव चिन्ह पाएकी हुन् ।
सेलरोटी चुनाव चिन्ह पाएपछि दर्शनाले खानाका रूपमा सेलरोटी आफ्नो मनसँग निकै नजिक रहेको बताएकी छन् । केही वर्ष पहिले तिहारका बेला दर्शनाले सेलरोटी पकाएर बेच्ने काम गरेकी थिइन् ।







