Breaking News
Tuesday, 11 Oct, 2022
प्रधानमन्त्री देउवाविरूद्ध उजुरी
देउवाविरुद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो।
काठमाडौं– डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुूद्ध उजुरी परेको छ ।देउवाविरुद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो ।
उनीविरुद्ध गन्यापधुराका कर्णबहादुर मल्लले सोमबार डडेल्धुरा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।‘नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक जन्ममिति रहेको, शेरबहादुर देउवा उम्मेदवार हुन अयोग्य भएकाले निजको मनोनयन खारेज गरी पाउन यो उजुरी दिएको छु,’ उजुरीमा उल्लेख छ ।
डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले उजुरीमाथि आवश्यक छानबिन तथा प्रक्रिया अगाडि बढाइने बताए ।







