काठमाडौं–१ बाट चुनाव लड्दै रवीन्द्र मिश्र
अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्र नम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए।
काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्र यस पटक पनि काठमाडौं क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन् ।
मिश्रले शुक्रबार औपचारिक रूपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय गरेका हुन्् । उनले साढे १२ बजे थापागाउँस्थित बानेश्वर बैंक्वेटबाट उम्मेदवारी घोषणा गरेको मिश्रको सचिवालयले जनाएको छ ।
अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्र नम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए । त्यसबेला तराजु चिह्नमा चुनाव लडेका मिश्रले १० हजार ११८ मत ल्याएका थिए भने विजयी भएका कांग्रेसका प्रकाशमान सिंहले १० हजार ९३७ मत ल्याएका थिए ।राप्रपामा समाहित भएकोले यस पटक भने मिश्र हलो चिह्नमा चुनाव लड्दैछन् । विवेकशील साझा पार्टी छाडेपछि मिश्रसहितको समूह बुधबार मात्रै राप्रपामा प्रवेश गरेको थियो ।
उनलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।








