हाइटेक प्रविधिमार्फत कांग्रेसले माग्यो घोषणापत्रका लागि सुझाव
‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’ भनेर हाइटेक प्रविधिमार्फत कांग्रेसका समर्थक, शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने
काठमाडौं– नेपाली कांग्रेसले घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव मागेको छ। कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरिरहेको घोषणापत्रलाई हाइटेक प्रविधिमार्फत सुझाव मागेको हो ।
‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’ भनेर हाइटेक प्रविधिमार्फत कांग्रेसका समर्थक शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने घोषणापत्र तयारी समिति सचिव डा. प्रदीप पराजुलीले बताए ।
उनका अनुसार ह्वाट्स एप, भाइबर, इमो, आफ्नो आवाज रेकर्ड गरेर, डिजिटल फर्म, इमेल, ट्वीटर, फेसबुकबाट सुझाव पठाउन सकिनेछ । कांग्रेसले विविध माध्यमबाट प्राप्त जनभावनालाई समितिको अलग टिमले संग्रह गरेर उपयुक्त सुझाव घोषणापत्रमा समेट्ने जनाएको छ ।







