Breaking News
Friday, 23 Sep, 2022
एमालेसँग चुनावी तालमेल गर्दै लोसपा
लोसपाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमालेलगायतका विचार मिल्ने दलहरूसँग सहकार्य गर्ने
काठमाडौं– नेकपा एमालेसँग चुनावी तालमेल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समिति गठन गरेको छ ।
राजेन्द्र महतोको नेतृत्वमा बनेको समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल रहेका छन् ।
समितिले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमालेलगायतका विचार मिल्ने दलहरूसँग सहकार्य गर्न वार्ता गर्ने अध्यक्ष महन्थ ठाकुरले बताए ।







