प्रमुख समाचार Friday, 23 Sep, 2022
Prestige Media

पार्टी सभापति देउवाले एकलौटी गरेपछि शेखर समूहको खबरदारी

सभापति देउवा पक्षले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्दा ‘एकलौटी’ गरेको शेखर समूहको आरोप

काठमाडौं–नेपाली कांग्रेसको संस्थापनइतर नेताहरूले पार्टी सभापति शेरबहादुर देउवाले टिकट वितरण एकपक्षीय गरेको आरोप लगाएका छन्। संस्थापन इतर शेखर कोइराला पक्षीय नेताहरुले यस्तो आरोप लगाएका हुन् ।

सभापति देउवा पक्षले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्दा ‘एकलौटी’ गरेको आरोप लगाउँदै त्यसको विरोधमा शेखर कोइराला निकट नेताहरूले शनिबार भेला बोलाएका छन् ।

नुवाकोट कांग्रेस पूर्वसभापति जगदीश्वरनरसिंह केसीले शनिबार दिउँसो १ बजे काठमाडौंमा भेला बोलाइएको बताए ।
कोइराला निकट पूर्वजिल्ला सभापति, केही जिल्ला सभापति, केन्द्रीय सदस्य र केन्द्रीय सदस्य उम्मेदवारले शुक्रबार स्वयम्भूमा बैठक गरेका थिए।

बैठकले शनिबार भेला गर्ने र सभापति देउवा पक्षको एकलौटीपनको विरोध गर्ने निर्णय गरेको हो ।‘समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्दा एकपक्षीय ढंगबाट गरिएका छन् । ती नाम संशोधन गर्नुपर्छ,’ केसीले भने, ‘पार्टीभित्र सभापति समूहले अर्को पक्षलाई समाप्त गर्ने गतिविधि गर्नुहुन्न भनेर हामी खबरदारी गर्दै छौं।’

उक्त भेलामा शेखर कोइरालालगायत पदाधिकारीलाई बोलाइएको छैन ।‘टिकट वितरण न्यायोचित ढंगबाट हुनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने, ‘समान अवसर र न्यायका लागि खबरदारी गर्दै छौं ।’ भेला थापागाउँस्थित बानेश्वर बैंक्वटमा हुनेछ ।

कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्नेबारे छलफल गरिसकेको छैन । सत्ता गठबन्धनसँग मिलेर कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जाने निर्णय गरिसकेको छ । कांग्रेसले प्रत्यक्षतर्फ कति सिटमा उम्मेदवारी दिने भन्ने टुंगो लागेको छैन ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL