Breaking News Friday, 23 Sep, 2022
Prestige Media

रवीन्द्र मिश्र राप्रपा वरिष्ठ उपाध्यक्ष बन्दै

वरीयता विवाद समाधान नगरी राप्रपाले वरिष्ठ उपाध्यक्ष पद दिने गरी मिश्रलाई पार्टीमा ल्याउन लागेको हो।

काठमाडौं– विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएर पार्टीविहीन भएका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष बन्ने तय भएको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा मिश्रलाई पार्टीमा वरिष्ठ उपाध्यक्ष पद दिन अध्यक्ष राजेन्द्र लिङ्देन तयार भएका हुन् ।
राप्रपामा मिश्रलाई भित्र्याउन शीर्ष नेता तयार भए पनि कुन पद दिने भन्ने विषयमा अन्योल रहँदै आएको थियो ।

मिश्रलाई राप्रपामा ल्याउन लामो छलफल भएको र वरिष्ठ उपाध्यक्ष पद दिने सहमति भएको अध्यक्ष लिङ्देन निकट पदाधिकारीले बताए ।
‘मिश्रले वरिष्ठ उपाध्यक्ष पद लिन चाहेको भन्ने कुरा आयो। त्यसैले मागेअनुसारकै पद दिने शीर्ष नेताहरूबीच सहमति भएको छ,’ उनले भने ।
अब मिश्र राप्रपामा प्रवेश गर्ने मिति तय गरिने ती नेताको भनाइ छ ।

मिश्रले सुरुमा राप्रपा नेताहरूसँग सह–अध्यक्ष पद मागेको चर्चा भएको थियो। राप्रपामा अहिलेको विधानअनुसार वरिष्ठ उपाध्यक्ष पद छैन । मिश्रलाई यो पद दिन राप्रपाले विधान संशोधन गर्नुपथ्र्यो। राप्रपामा ८ जनासम्म उपाध्यक्ष रहने व्यवस्था भए पनि हाल ६ जना उपाध्यक्ष छन् ।
राप्रपाभित्र गत मंसिरको महाधिवेशनपछि पदाधिकारीको वरीयताका कुरा मिलिसकेको छैन । अध्यक्ष लिङ्देनपछि को भन्ने विवाद अझै टुंगिएको छैन। ६ उपाध्यक्षमध्ये बुद्धिमान तामाङ र विक्रम पाण्डेबीच वरीयतामा विवाद भएपछि त्यसलाई सल्ट्याउन समिति नै गठन गरिएको छ ।

वरीयता विवाद समाधान नगरी राप्रपाले वरिष्ठ उपाध्यक्ष पद दिने गरी मिश्रलाई पार्टीमा ल्याउन लागेको हो ।
राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले समान विचार भएकासँग एकता र सहकार्य गर्ने निर्णय गर्दै मिश्रलगायतलाई पार्टी प्रवेशको ढोका खुला गरेको छ ।

राप्रपाले ४ मंसिरमाा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्नेबारे छलफल चलाइरहेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL