राष्ट्रपति भण्डारीद्वारा ९९८ जना विभूषित
पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा
काठमाडौं– सरकारले संविधान दिवस अवसर पारेर झन्डै १ हजार जनालाई विभूषण दिने निर्णय गरेको छ । यस वर्षको संविधान दिवस ३ असोजमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदक गरी ९ सय ९८ जनालाई विभूषण घोषणा गरिएको हो ।
पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई यस वर्ष नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए ।
यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने ’आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुने भएका छन् ।
यस्तै, सुप्रिसद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् डा. जगमान गुरुङ विभूषित हुने भएका छन् । घोषणा गरिएको विभूषण नेपाली नयाँ वर्ष १ वैशाखमा राष्ट्रपतिबाट वितरण गरिनेछ ।







