भारतमा भेटिए बुटवलबाट हराएका तीन बालक
तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएको रुपन्देही प्रहरीले बताएको हो
तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएको रुपन्देही प्रहरीले बताएको हो
रूपन्देही– बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएको रुपन्देही प्रहरीले जानकारी दिएको हो ।
बुटवल उपमहानगर वडा–११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षीय प्रदीप पन्थी विद्यालय जान सँगै घरबाट निस्किएका थिए । विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए ।
सम्पर्कविहीन भएकामध्ये समीर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उनीसँग सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।
‘परिवारमार्फत बालक सम्पर्कमा आएको खबर पाएका छौं । अब बालकहरू आएपछि नै किन, कसरी गए भन्ने कुरा थप अनुसन्धाले खुलाउला’, प्रमुख केसीले भने ।







