प्रमुख समाचार Friday, 9 Sep, 2022
Prestige Media

एमाले–लोसपाबीच चुनावी तालमेलको छलफल

आगामी चुनावमा कसरी अगाडि बढ्ने भनेर दुवै पार्टीका नेताहरुबीच छलफल भएको हो

काठमाडौं– आगामी ४ मंसिरको चुनावी तालमेलका लागि एमाले अध्यक्ष केपी ओलीले लोसपा अध्यक्ष ठाकुरसँग छलफल थालेका छन् । दुई नेताबीच भएको कुराकानी बाहिर सार्वजनिक भइनसके पनि आउँदो चुनावमा एमाले र लोसपा तालमेल गरेर अगाडि बढ्ने विषयले प्राथमिकता पाएको बताइन्छ ।

एमालेले लोसपालाई केही सातायता आउँदो चुनावमा तालमेल गरेर अगाडि बढ्न प्रस्ताव पठाएको थियो । दुई नेताबीचको छलफलमा महन्थले पार्टीमा थप छलफल गरेर आउने वचन अध्यक्ष ओलीलाई दिइसकेका छन् ।

एमालेका एक नेताका अनुसार अध्यक्ष ओलीले तीन दिनदेखि महन्थसँग चुनावी तालमेलबारे छलफल गरिरहेका छन् । आउँदो चुनावमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा दुवै नेता सहमति नजिक पुगेको उनले बताए ।

जसपाबाट चोइटिएर बनेको लोसपाले मधेसमा आफ्नो मुख्य प्रतिद्वन्द्वी अध्यक्ष उपेन्द्र यादवको पार्टी रहेको बताउँदै आएको छ । जसपा हाल सत्ता गठबन्धनमा रहेको छ । पार्टी अध्यक्ष यादवले आउँदो चुनावमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने माग गर्दै आएका छन् ।
यद्यपि उपेन्द्रले केही समयअघि लोसपालाई पनि मधेसमा चुनावी तालमेल गरेर अगाडि बढ्न सुझाएका थिए। तर लोसपाले उपेन्द्रको त्यो आग्रहलाई अस्वीकार गरेको छ ।

‘आउँदो चुनावमा एमालेसँग सहकार्य गर्नुको विकल्प छैन,’ लोसपाका एक नेताले भने, ‘त्यसो नभए हामी संघ र प्रदेश दुवैमा पराजित हुन्छौं ।’ मधेस प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये करिब १८ वटा लिने गरी एमालेसँग सहमति बन्न सक्ने उनको अनुमान छ । एमालेसँगको अनौपचारिक छलफल सकारात्मक हुँदै गएको दुवै दलका नेताहरुले दाबी गरेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL