रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै देउवालाई बुझाइयो ज्ञापनपत्र
बागमती प्रदेशका १३ जिल्लाका जिल्ला सभापतिले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।
काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।
बागमती प्रदेशका १३ जिल्लाका जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले ज्ञापनपत्र बुझाएका हुन् ।
बागमती प्रदेशका चितवन–३, धादिङ–१, सिन्धुपाल्चोक–१, काभ्रे–१, काठमाडौं–८, काठमाडौं–२, रामेछाप, मकवानपुर–१, नुवाकोट– १, ललितपुर–१ कांग्रेसले गठबन्धनका अन्य दलहरूलाई सिट छाड्नुपर्नेछ ।
सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेला जिल्ला सभापतिहरूले रुखभन्दा अन्यत्र भोट माग्न समस्या हुने जानकारी पार्टी सभापति देउवालाई गराएका हुन् ।
ज्ञापनपत्रमा नेपाली कांग्रेसका नेता, कार्यकर्ताले आगामी चुनावमा रुख चिन्हमा भोट हाल्न पाउनुपर्ने उल्लेख गरिएको अधिकारीले बताए ।
कांग्रेस एक्लै चुनाव लड्नुपर्ने भन्दै रूखभन्दा अन्यत्र भोट माग्न र हाल्न नसक्ने पार्टी सभापतिलाई जानकारी गराइएको अधिकारीले बताए । ज्ञापनपत्र बुझ्दै सभापति देउवाले भने भइहाल्छ, भइहाल्छ भनेका थिए ।







