Breaking News Thursday, 8 Sep, 2022
Prestige Media

सर्वोच्चलाई बालेनले बुझाए लिखित जवाफ

बालेनले आफ्ना कानुनी अधिकारीमार्फत मंगलबार लिखित जवाफ बुझाएका हुन्।

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन साहले अदालतको अवहेलना गरेको निवेदनमा सर्वोच्च अदालतलाई लिखित जवाफ दिएका छन् ।

उनले आफ्ना कानुनी अधिकारीमार्फत मंगलबार लिखित जवाफ बुझाएको अदालतका प्रवक्ता विमल पौडेलले बताए ।अधिवक्ता दीपकराज जोसीले उनीविरूद्ध दिएको अदालतको अवहेलना निवेदनमाथि सर्वोच्चले लिखित जवाफ बुझाउन आदेश दिएको थियो ।
मंगलबार मेयर बालेनले बुझाएको लिखित जवाफमा आफूबाट अभिव्यक्त भएको शब्द भाषा र मनसायबाट अदालतको अवहेलना हुन नसक्ने उल्लेख छ ।

‘मबाट अभिव्यक्त भएको शब्द, भाषा र मनसायसमेतबाट सम्मानित अदालतको अवहेलना हुन सक्दैन र अवहेलना वा अविश्वास पैदा गर्ने मनसायले नै अभिव्यक्त भएको पनि होइन । सम्मानित अदालतप्रति मेरो आस्था विश्वास र अपेक्षा सदैव सम्मानित रहिरहेको कुरा दृढ विश्वास साथ निवेदन गर्छु,’ मेयर बालेनको लिखित जवाफमा उल्लेख छ ।

मेयर बालेनले संविधानप्रदत्त मौलिक हक अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्दै कुनै निकायका काम–कारबाहीबारे बोल्नु अवहेलना नभएको जिकिर गरेका छन्।

‘मौलिक हकको अभ्यास गर्दा अदालतकोअवहेलना हुन्छ भनी अर्थ गर्नु संविधानसम्मत हुँदैन । राज्यका कुनै पनि अंग वा निकायले सम्पादन गरेको काम–कारबाहीका सम्बन्धमा विचार प्रकट गरेकामा त्यसको गलत अर्थ गरी नागरिकमा दण्डको भय उत्पन्न गर्न खोज्नु लोकतान्त्रिक मूल्य पद्धति विपरीत हुन्छ,’ साहको लिखित जवाफमा भनिएको छ ।

बालेनले रचनात्मक आलोचनाबाट न्यायालय अझ सुदृढ हुने लिखित जवाफमा भनेका छन् । ‘वास्तवमा रचनात्मक आलोचनाबाट मात्र लोकतान्त्रिक राज्य व्यवस्थाको न्यायालय अझ बढी स्वतन्त्र, सुदृढ र जवाफदेही बन्न सक्छ भन्ने आम विश्वास छ,’ मेयर बालेनको लिखित जवाफमा भनिएको छ ।

आफ्नो अभिव्यक्तिको स्वतन्त्रतालाई संकुचन गरे महानगरवासीकै मौलिक अधिकार कुण्ठित हुन जाने पनि मेयर बालेनले सर्वोच्चलाई जवाफ दिएका छन् ।

‘जनप्रतिनिधि संस्थाको जवाफदेहिताका आयाम कानूनीमात्र हुँदैनन्। मैले प्रतिनिधित्व गर्ने महानगरवासी र आमनागरिकसँग सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट विचार विमर्श गर्दा मेरो जवाफदेहिताको विभिन्न आयामको सन्तुलन मिलाउनुपर्ने हुन्छ,’ उनको लिखित जवाफमा भनिएको छ, ‘बहुआयामिक सन्तुलनमा आधारित मेरो विचार अभिव्यक्तिको स्वतन्त्रतालाई संकुचित गरिन्छ भने त्यसबाट प्रकारान्तरले महानगरबासी तथा आमनागरिकको मौलिक अधिकार कुण्ठित हुन जान्छ ।’

केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो । नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो ।

उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL