प्रमुख समाचार
Monday, 5 Sep, 2022
प्रधानसेनापति शर्मासँग भारतीय सेना प्रमुखको भेट
सैनिक मुख्यालय जंगीअड्डामा उनीहरूबीच भेटवार्ता भएको हो।
काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीयसेनाका प्रधानसेनापति जनरल मनोज पाँडे र नेपाली सेनाका प्रधानसेनापति जनरल प्रभुराम शर्माबीच सोमबार भेटवार्ता भएको छ ।
सैनिक मुख्यालय जंगीअड्डामा उनीहरुबीच भेटवार्ता भएको हो ।जंगीअड्डामा आयोजित समारोहमा पाँडेलाई सम्मान गारत अर्पण गरिएको थियो ।सो अवसरमा उनले जंगीअड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे । यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछन् ।








