Breaking News
Monday, 5 Sep, 2022
दुई दिनभित्रै टुंग्याइँदै सिट बाँडफाँट
सत्ता गठबन्धन र कार्यदलको बैठक निरन्तर बसिरहे पनि सिट बाँडफाँटको गाँठो फुक्न सकेको छैन
काठमाडौं– सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा सोमबार पनि बस्ने भएको छ ।सोमबार दिउँसो १ बजे कार्यदल बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसे पनि सहमतिमा पुग्न सकेन ।प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे बैठकमा छलफल भइरहेका छन् । आफूले दाबी गरेभन्दा सिट संख्या घट्नुपर्ने भएकाले भागबन्डा मिलिसकेको छैन ।
कार्कीका अनुसार अब दुई दिनभित्रै सिट बाँडफाँट टुंगिने गरी छलफल भइरहेका छन् । कार्यदलमा सहमति गरेर प्रतिवेदन शीर्ष नेतालाई पेश गर्ने तयारी छ ।
उनले न्यायोचित, सम्मानजनक र सबै दलले मैले जितें भन्ने हुने गरी सिट बाँडफाँट गरिने दाबी गरे ।







